कला


‘बोर्डर २’ को टिजर सार्वजनिक,  पिताको निधनपछि पहिलोपल्ट कार्यक्रममा पुगे सन्नी देओल

‘बोर्डर २’ को टिजर सार्वजनिक,  पिताको निधनपछि पहिलोपल्ट कार्यक्रममा पुगे सन्नी देओल

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:५६, काठमाडौँ

सन्नी देओलको मुख्य भूमिका रहेको फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ। मुम्बईमा भएको भव्य टिजर सार्वजनिक कार्यक्रममा सनी देओल, वरुण धवन र अहान शेट्टी उपस्थित थिए।

धर्मेन्द्रको निधनपछि सनी पहिलोपटक फिल्मको कार्यक्रममा पुगेका हुन्। फिल्मका निर्देशक अनुराग सिंह पनि उनीहरूसँगै स्टेजमा देखिएका थिए। निर्माताद्वय भूषण कुमार र निधि दत्ताको पनि कार्यक्रममा उपस्थिति थियो।  

सार्वजनिक टिजरमा सनीलाई एक्सन अवतारमा देख्न सकिन्छ। त्यस्तै, वरुण धवन सिपाहीको पहिरनमा गम्भीर अवतारमा देखिएका छन्। अहान शेट्टीलाई भने समुन्द्र किनारमा युद्ध लडिरहेको सिपाहीको रूपमा देखाइएको छ।

टिजर सनी देओलको ऊर्जावान आवाजबाट सुरु हुन्छ। यसमा वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीलाई युद्धको दृश्यमा देखाइएको छ। रमाइलो कुरा के छ भने बोर्डर पहिलो भाग १ को चर्चित गीत ‘हिन्दुस्तान मेरी जान’ पनि समावेश छ।

यो फिल्म सन् १९९७ मा रिलिज भएको क्लासिक ‘बोर्डर’ को सिक्वेल हो। यसमा सनी देओल, वरुण धवन र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्।

फिल्ममा वायु सेना, जमिन युद्ध र ठूला स्तरका युद्ध दृश्यहरू प्रस्तुत गरिएका छन्। निर्माताहरूले यसलाई अहिलेसम्म बनेका सबैभन्दा ठूला देशभक्तिपूर्ण फिल्महरू मध्ये एकको रूपमा वर्णन गरेका छन्। 

जुन फिल्म २३ जनवरी, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad