कला


भोलिबाट रिलिज हुने ‘झरीपछिको इन्द्रेणी’ले कति पायो शो?

भोलिबाट रिलिज हुने ‘झरीपछिको इन्द्रेणी’ले कति पायो शो?

नेपालखबर
पुस ३, २०८२ बिहिबार १२:२२, काठमाडौँ

पौष ४ गते अर्थात् भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ।

चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने  छन्।

हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको सिनेमाले गहन विषयवस्तुलाई सुक्ष्म ढंगले देखाएको भन्दै तारिफ गरेको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

यो सिनेमामा समावेश काठमाडौं कमानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको गत सोमबार सार्वजनिक गीत ‘आम नेपाली बुबा’ले दर्शकमाझ उच्च हाइप बनाएको छ। जसको प्रभाव बक्सअफिसमा देखिने अपेक्षा निर्माण टिमको छ ।

सेन्सर पास भएसँगै यो सिनेमाको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ। मल्टिप्लेक्स हलहरुले यस फिल्मलाई राम्रै शो दिएका छन्। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको छ। आईएनआई सिनेमाजले ६ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाले २ शोसहित देशभर करिब ५९ शोमा अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन्। अन्य हलमा भने बुकिङ खुल्ने चरणमा भएकाले बिहीबार साँझसम्म फाइनल शो आउनेछ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन्। यो फिल्मको छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए। 

गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ९पाँडे०, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad