कला


माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु

माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु

नेपालखबर
पुस ३, २०८२ बिहिबार १५:५०, काठमाडौँ

माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ। कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म चल्नेछ। त्यहाँका सुन्दर लोकेशनमा खिचिने निर्माण टिमले जनाएको छ। 

गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहेको छ। यस फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ।

यो सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन् । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । यो सिनेमाको संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन् ।

चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय हुन थालेका छन् ।

निर्देशक माओत्से गुरुङको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो ।

उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad