कला


रि-रिलिज भएको ‘शोले’ ले एकसातामा कति कमायो?

रि-रिलिज भएको  ‘शोले’ ले  एकसातामा कति कमायो?

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १४:५३, काठमाडौँ

बलिउडको चर्चित फिल्म ‘शोले: द फाइनल कट’ ले रि-रिलिजको एक सातामा डेढ करोड भारतीय रुपैयाँ कमाएको छ। गत शुक्रबारदेखि भारतमा पुन: प्रदर्शन भएको यस फिल्मले घरेलु बक्सअफिसमा एक करोड ५० लाख बढी नेट कलेक्सन गरेको हो।

पहिलो दिन २० लाख ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४० लाख भारू कमाइ गरेको थियो। आइतबार ५० लाख भारू कमाउँदा सोमबारदेखि बिहीबारसम्म प्रत्येक दिन १०–१० लाख भारू व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

‘शोले’ रिलिज भएको ५० वर्ष पूरा भएको अवसरमा भारतसहित देशमा शुक्रबारदेखि पुन: प्रदर्शनमा आएको थियो। नेपालमा भने यो फिल्म मंगलबार अर्थात पुस १ गतेदेखि रिलिज भएको हो।

सन् १९७५ मा रिलिज भएको ‘शोले’ भारतीय चलचित्र इतिहासकै सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानिन्छ। फोके र डल्बी ५.१ साउन्ड प्रविधिमा पुनःनिर्माण गरिएको यो संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ, जसको कुल अवधि २०९ मिनेट रहेको छ।

नयाँ भर्सनमा सन् १९७५ मा सेन्सर बोर्डले हटाएको ठाकुरले गब्बर सिंहलाई मार्ने अन्त्य दृश्य पनि समावेश गरिएको छ। उक्त दृश्य त्यतिबेला अत्याधिक हिंसाको कारण हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखेर फिल्म रिलिज गरिएको थियो।

रमेश सिप्पी निर्देशिक यस फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad