अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ बक्सअफिसमा कमजोर देखिएको छ। पुस ४ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले ६२ लाख ग्रस कलेक्सन गरेको छ।
आज सोमबार चलचित्र विकास बोर्डले पछिल्ला फिल्महरुको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जुन रिपोर्टअनुसार ‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनसम्म ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।यस अवधिमा फिल्मका १९ हजार ७९३ टिकट मात्रै बिक्री भएका छन्।
यस फिल्मका लागि मेयर बालेन शाहले र्याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, हलमा भने फिल्मले दर्शक तान्न सकेन।
यस फिल्ममाख गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
Shares

प्रतिक्रिया