नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड सार्वजनिक भएका छन्।
विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ।
चार वर्षअघि पहिलो पटक सिरिज निर्देशन गरेपछि करिब सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनी हाल चलचित्र ‘मालती मंगले’ निर्माणमा व्यस्त छन्। निर्देशक ज्ञवालीका अनुसार कहिलेकाहीँ अरूको सपना पूरा गरिदिनु पनि आवश्यक हुने भएकाले चलचित्र निर्माणमा संलग्न भएका हुन्, तर अब भने निर्देशनमै निरन्तर अघि बढ्ने योजना रहेको बताउँछन्।
दर्शकको राम्रो प्रतिक्रिया आएमा ‘लट्ठक’को दोस्रो सिजन पनि ल्याइने उनले जनाएका छन्। साथै, छिट्टै आफ्नै निर्देशनमा नयाँ चलचित्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। यो वेब सिरिज म्युजिक नेपालको युट्युबमा रिलिज भएको हो।
करिब २५ वर्षअघि ‘श्रीराम बाजे’का रूपमा परिचित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन्। ‘होस्टेल रिटर्न्स’ बाट लोकप्रिय बनेका अभय राज बरालले पनि यस सिरिजमार्फत दर्शकको थप माया पाउने अपेक्षा गरिएको छ भने अभिनेत्री शकु शाहका लागि ‘लट्ठक’ अभिनय यात्राको नयाँ मोड साबित हुने विश्वास गरिएको छ।
कथा लेखक काजी लिम्बु हुन् भने शीर्ष गीतको लागि सङ्गीत दीक्षित अधिकारीले तयार पारेका छन्। ब्याकराउन्ड स्कोर आलिश कार्की, निक्सन उदय र प्रतीक थापाको रहेको छ। यसका क्रिएटिभ निर्देशक मदन घिमिरे तथा निर्माता साजन थापा हुन्।
Shares

प्रतिक्रिया