कला


प्रदीप खड्का र जेमी बेकन अभिनीत ‘एक्लो-१’ देशभर प्रदर्शन

प्रदीप खड्का र जेमी बेकन अभिनीत ‘एक्लो-१’ देशभर प्रदर्शन

नेपालखबर
पुस १७, २०८२ बिहिबार ११:१६, काठमाडौँ

फरक धार र नवीन प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो-१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ।

चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्त्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो-१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ।

फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण चलचित्रले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो-१’ ले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ। साइन्स-फिक्सनमा आधारित यस चलचित्रका निर्देशक प्रदीप शाही बेलायतमा बसेर चलचित्र निर्माणमा सक्रिय छन् र ‘एक्लो-१’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको हो।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ।

साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्त्वपूर्ण भूमिका समावेश गरिएको छ। एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad