फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ। शुक्रबार सार्वजनिक भएको ट्रेलर युट्युबको मुभिज ट्रेन्डिङको एक नम्बरमा छ।
नेपाली चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको यो धेरै लामो समयपछि हो।
‘दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ। सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’निर्देशक मरिचमान श्रेष्ठ (धुर्वे) ले भने। आम नेपालीको कथा सिनेमाले उठान गरेकाले चलचित्र धेरैले रिलेट गर्ने उनले सुनाए।
यस फिल्ममा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुति रहेको यो फिल्म माघ १ गते रिलिज हुँदै छ ।
Shares

प्रतिक्रिया