अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ बक्सअफिसमा कमजोर देखिएको छ।
पुस ४ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १५ दिनमा ९३ लाख ८३ हजार मात्रै ग्रस कलेक्सन गरेको छ।
आज सोमबार चलचित्र विकास बोर्डले पछिल्ला फिल्महरुको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। यस अवधिमा फिल्मका २९ हजार ६८३ टिकट बिक्री भएका छन्।
यस फिल्मका लागि मेयर बालेन शाहले र्याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेन। किनकी दुइ सातामा पनि फिल्मलाई १ करोड कटाउन मुस्किल परेको देखिन्छ।
यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
48
Shares

प्रतिक्रिया