कला


प्रभासको ‘राजा साब’ को दुई दृश्यमा चलाइयो कैंची, विजयको ‘जन नायकन’ सँग भिड्दा पर्न सक्छ असर

प्रभासको ‘राजा साब’ को दुई दृश्यमा चलाइयो कैंची, विजयको ‘जन नायकन’ सँग भिड्दा पर्न सक्छ असर

नेपालखबर
पुस २३, २०८२ बुधबार १५:२, काठमाडौँ

साउथ स्टार प्रभासको आगामी हरर कमेडी फिल्म ‘राजा साब’ को दुई दृश्यहरूमा परिवर्तन गरिएको छ। सेन्सर बोर्डले फिल्मलाई प्रमाणपत्र दिनु अघि दुई दृश्यहरू काटेको छ, जसले फिल्मको लम्बाइमा असर परेको छ।

यो फिल्म जनवरी ९ मा रिलिज हुने तय भएको छ। फिल्मलाई सर्टिफिकेटका लागि सेन्सर बोर्डमा पेश गरिएको थियो, तर बोर्डले दुई दृश्यहरूमा आपत्ति जनायो।

पहिलो परिवर्तन भुइँमा बगिरहेको रगत देखाउने दृश्यमा गरिएको थियो। यस दृश्यमा देखाइएको रगतलाई कालो र सेतोमा परिवर्तन गरिनेछ। दोस्रो परिवर्तन टाउको काट्ने दृश्यमा गरिएको थियो। सेन्सर बोर्डले लम्बाइ चार सेकेन्ड घटाउन सुझाव दिएको छ, जसको परिणामस्वरूप १८९ मिनेट अर्थात ३ घण्टा ९ मिनेटको रनटाइम हुनेछ।

‘राजा साब’ भारतीय सिनेमा इतिहासको सबैभन्दा महँगो फिल्म भनिएको छ। जुन ५ सय करोड भारतीय रुपैयाँ मेगा बजेटमा बनेको छ।तर, ट्रेलर रिलिज भएपनि फिल्मले खासै चर्चा पाउन सकेको छैन। जसकारण फिल्मको कमाइमा असर पर्न सक्छ। पहिलो कारण यो हो कि प्रभासले आफ्ना पछिल्ला केही सामान्य फिल्महरू पछि दर्शकहरूमाझ धेरै छाप छोडेका छैनन्।

अर्को कारण ‘राजा साब’ थलापति विजयको फिल्म ‘जन नायकन’ सँग भिड्नेछ। विजयले यो फिल्म रिलिज हुनुभन्दा पहिले नै फिल्मबाट सन्यासको घोषणा गरिसकेका थिए। यो उनको अन्तिम फिल्म हुनेछ। सामाजिक सञ्जालमा विजयका फ्यानहरू पहिले नै उनको अन्तिम फिल्मको बारेमा उत्साहित छन् र निरन्तर अग्रिम बुकिङ गरिरहेका छन्। जसले ‘राजा साब’ को शोमा समेत कटौती हुने देखिन्छ।

मारुती निर्देशित यस फिल्ममा प्रभाससहित निधि अग्रवाल र मालविका मोहनन मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad