फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक भएको छ। पोस्टरपछि यसको निर्माण पक्षले ‘धौले धन्सार’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर सुन्न सकिन्छ। डा. अशाबहादुर तामाङको शब्द रहेको गीतमा पुष्कर सुनुवारले संगीत भरेका छन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नवनायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ। गीतको भिडिओलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन सन् २०२६ लाई तोकिएको छ। फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ। स्याडो रियलको कथा रहेको फिल्ममा रामकाजी घिमिरेको पटकथा र संवाद रहेको छ। यो फिल्मले दाजुभाइको कथा भन्छ।
Shares

प्रतिक्रिया