कला


‘बोर्डर २’ को ‘घर कब आओगे’ गीत रिलिजसँगै ट्रोल बनेपछि वरुण धवनले दिए यस्तो प्रतिक्रिया

‘बोर्डर २’ को ‘घर कब आओगे’ गीत रिलिजसँगै ट्रोल बनेपछि वरुण धवनले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
पुस २४, २०८२ बिहिबार १८:३३, काठमाडौँ

बलिउड फिल्म ‘बोर्डर २’ को ‘घर कब आओगे’ गीत सार्वजनिक देखिनै वरुण धवन ट्रोलको निशानामा परेका छन्। उनको हाउभाउ र अभिनयको चर्को आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा धेरै प्रभावशाली व्यक्तिहरूले गीतबाट वरुणको एक्सप्रेसनको खिल्ली उडाउँदै भिडिओहरु बनाइरहेका छन्। यसैबीच, रेडिटमा एउटा स्क्रिनसट भाइरल भइरहेको छ, जसमा वरुणको ट्रोलिङ एक सशुल्क जनसम्पर्क अभियान हो भनेर दाबी गरिएको छ।

भाइरल स्क्रिनसटमा लेखिएको छ, ‘हामी फिल्मले प्राप्त गरेका नकारात्मक टिप्पणीहरूको आधारमा बोर्डर २ को लागि जनसम्पर्क अभियान चलाइरहेका छौं। यस अभियानको उद्देश्य वरुण धवनको अभिनय छनोट, स्क्रिन उपस्थिति, अनुहारको भाव  र उनको कास्टिङ यति ठूलो फिल्म र यसको विरासतमा फिट हुन्छ कि हुँदैन भन्ने बारेमा बहस सुरु गर्नु हो। तपाईंको पृष्ठमा राम्रो संलग्नता छ र दर्शकहरूले बोल्ड र फिल्टर नगरिएका विचारहरूको कदर गर्छन्, त्यसैले हामी तपाईंसँग सहकार्य गर्न चाहन्छौं।’

च्याटमा वरुणलाई अनलाइन लक्षित गर्ने उद्देश्यले गरिएका बुँदाहरू पनि उल्लेख गरिएको छ।  जस्तै: उनको उचाइको बारेमा छलफल गर्नु र उनी कसरी फिल्ममा फिट हुँदैनन् भन्ने कुराहरू।

यसैबीच, वरुणले ट्रोलिङप्रति प्रतिक्रिया दिएका छन्। उनले जनवरी ७ मा उनले इन्स्टाग्राममा गीतले पाएको मायाको लागि कृतज्ञता व्यक्त गरे। आफ्ना धेरै तस्बिरहरू सेयर गर्दै उनले क्याप्सनमा लेखे, ‘मेजर होशियार सिंह दहिया। तपाईंको मायाको लागि धन्यवाद।’

अभिनेताको पोस्टमा उनका प्रशंसक र आलोचक दुवैबाट टिप्पणीहरू आएका छन्। एक प्रयोगकर्ताले वरुणलाई सोधे: मानिसहरूले तपाईंको अभिनयमाथि प्रश्न उठाइरहेका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छ? जसको वरुणले रमाइलो जवाफ दिँदै लेखेका छन्, ‘यही प्रश्नले गीत हिट बनायो, सबैले यसको आनन्द लिइरहेका छन्। भगवानले आशीर्वाद दिऊन्।’

आलोचनामा वरुणको प्रतिक्रिया पछि, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको समर्थन गर्दैं इमानदारीको प्रशंसा गरिरहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad