नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनीले प्रस्तुति दिएकी छिन्। शनिबार राति बाह्रशाह क्यासिनोमा उनले बलिउड चर्चित गीतहरुमा नृत्यसहित प्रस्तुति दिएकी हुन्।
नेपाली कोरस डान्सरसँगै उनले ‘मेरा पिया घर आया’ र ‘लैला में लैला’ जस्ता चर्चित हिट गीतहरुमा कम्मर मर्काइन्। उनले नाचिरहँदा क्यासिनोको माहोल तातेको थियो।
चौथोपटक नेपाल आएकी सन्नीले प्रस्तुति दिनुअघि सन्नीले नेपालको तारिफ गरिन्।
आफूले नेपाललाई माया गर्ने र आफ्नो जीवनभर घुमेको सबैभन्दा सुन्दर ठाउँमध्ये नेपाल एक रहेको उनको भनाइ थियो। ‘म नेपाललाई माया गर्छु। मेरो जीवनमा अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ हो नेपाल,’ उनले भनिन्।
उनको यो नेपालप्रतिको शब्द सुनेपछि सबैले तालि बजाउँदै हुटिङ गरेका थिए।
सन्नी आइतबार साँझ भारत फर्किने बताइएको छ।
84
Shares

प्रतिक्रिया