म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौँमा लाइभ म्युजिक प्रस्तुति दिएको छ। शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ प्रस्तुतिले दर्शक झुमाएको हो।
नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ‘कुटुम्ब’ले ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो। कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गरेको थियो ।
रैथाने धुनहरूसँगै कुटुम्बले लोकप्रिय गीतका टुक्राहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए। कुटुम्बको मौलिक धुनमा लोकप्रिय गीतका टुक्राहरू मिसाउँदा प्रस्तुति विशेष बनेको थियो। बेलाबेलामा आफूले प्रस्तुत गरेको धुन, त्यसको महत्वबारे प्रष्ट पार्दै ब्यान्ड मेम्बरले प्रस्तुति दिइरहँदा नेवारी रैथाने गीतसंगीतको प्रवर्द्धन पनि भइरहेको थियो ।
दिमेश श्रेष्ठ, किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो।
Shares

प्रतिक्रिया