गायक शान भुषालको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द रहेको गीतमा शानले नै संगीत भरेका छन्। गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् ।
मनाङ्गका दृश्यमा दुवैलाई सुन्दर देखाउन छायाँकारले गरेको मिहेनत पनि उत्तिकै देखिएको छ। किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडिओलाई पवन सुस्लिङ्गले खिचेका छन्। पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन्।
भिडिओको प्रोजेक्ट म्यानेजरको रुपमा प्रवेश खत्रीले काम गरेका छन्।
51
Shares

प्रतिक्रिया