कला


आफ्नो नामको ट्याटु खोपेको तस्बिर राख्दै अभिनेत्री गरिमाले खुलाइन् प्रेम सम्बन्ध

आफ्नो नामको ट्याटु खोपेको तस्बिर राख्दै अभिनेत्री गरिमाले खुलाइन् प्रेम सम्बन्ध

नेपालखबर
पुस २८, २०८२ सोमबार १७:५८, काठमाडौँ

मोडल तथा अभिनेत्री गरिमा शर्माले आफू प्रेममा रहेको खुलाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन्।

गरिमाले एक तस्बिर सार्वजनिक गरेकी छिन्। जसमा युवकको हातमा गरिमाको नामको ट्याटु खोपेको देखिन्छ। ‘उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ। प्रमिस रिङ,’ उनले क्याप्सनमा लेखेकी छिन्।  

गरिमाले सोमबार कुनै ताल छेउमा पछाडिबाट खिचिएको दुई जनाको तस्बिर समेत साझा गरेकी छिन्। जसमा दुवैको अनुहार देखिँदैन। प्रेमीको हात समातेको मात्र देखाइएको छ।

आफ्ना प्रेमीबारे केही जानकारी दिएकी छैनिन्, जसका कारण प्रशंसकहरूले ती युवक को हुन् भनेर जिज्ञासा राखिरहेका छन्। धेरैले उनलाई बधाईं दिइरहेका छन्।

म्युजिक भिडिओमा मोडलिङ गरेर चर्चामा आएकी गरिमाले लण्डन टु पेरिस, जन्ते बाख्रो लगायतका फिल्महरुमा काम गरिसकेकी छिन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad