कला


नेपाल आइन् मिस ग्लोब सरादत्त, पाँच दिने बसाइमा काठमाडौँ लगायतका क्षेत्र भ्रमण गर्ने

नेपाल आइन् मिस ग्लोब सरादत्त, पाँच दिने बसाइमा काठमाडौँ लगायतका क्षेत्र भ्रमण गर्ने

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:१६, काठमाडौँ

‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस ‘चेरैम’ सरादत्त नेपाल आएकी छिन्। मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन्।

सरादत्तलाई स्वागत गर्न मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरु एयरपोर्ट पुगेका थिए। उनीसहित मिस ग्लोबका आयोजक फ्याकी बोजो पनि आएका छन्।

सरादत्त विजेता बनिसकेपछिको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। पहिलोपल्ट नेपाल आउन पाउँदा खुसी व्यक्त गरिन्।

उनले भनिन्, ‘पहिलोपटक नेपाल आएकोमा खुसी लाग्यो। मैले यहाँको माउन्टेनको बारेमा धेरै सुनेको छु। मलाई माउन्टेनतिर जान मन छ।’

सन् २०२५ मा अल्बानियामा भएको फिनालेमा थाइल्यान्डकी ताज पहिरिएकी थिइन्। ८० भन्दा बढी मुलुकहरु सहभागी भएको त्यस प्रतियोगितामा रिजु भट्टराईले नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।

डा. उपाध्यायका अनुसार सरादत्तको बसाई ५ दिनको रहेको छ। उनीहरू काठमाडौँ लगायत वरिपरिका भ्रमण स्थनहरुमा घुमघाम गर्ने तालिका बनेको छ। साथै उनीहरुले औपचारिक भेटघाटसँगै विद्यार्थीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

औपचारिक भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टुरिज्म बोर्ड र मिलेसम्म प्रधानमन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम छ। त्यस्तै, इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा पनि विशिष्ठ अतिथिको रुपमा सहभागी हुनेछिन्।

गतवर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आएकी थिइन्। उनी मिस नेसनल नेपालको अडिसनमा जज समेत बसेकी थिइन्।

मिस नेसनल नेपालको यसवर्षको आवेदन खुलिसकेको छ। खल्तीमार्फत आवेदन भर्न सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad