कला


‘भाइरल गोर्खे’ को प्रिमियर शोमा पुगे सिसनदेखि पूजासम्म, परम्परागत पहिरनमा सौगात र सृष्टिको जोडी

‘भाइरल गोर्खे’ को प्रिमियर शोमा पुगे सिसनदेखि पूजासम्म, परम्परागत पहिरनमा सौगात र सृष्टिको जोडी

नेपालखबर
पुस ३०, २०८२ बुधबार १३:२६, काठमाडौँ

माघे संक्रन्तिको अवसर पारेर माघ १ गते बाट रिलिज हुने फिल्म ‘भाईरल गोर्खे’ को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शो गरिएको थियो।

जहाँ फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठसहित पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी बाक्लो उपस्थिति रहेको थियो।

जहाँ सौगात र सृष्टि केन्द्रमा रहे। प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए। सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए।

प्रिमियरमा सिनेमा हेरेर निस्केका अधिकांशले निर्देशक निगम निर्देशकिय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा गरे। ‘भाईरल गोर्खे’  सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने सिनेमामा यसको असर र प्रभावको कथा भनिएको छ।

अभिनेत्री पूजा शर्माले ‘भाईरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक सिनेमा बनेको प्रतिक्रिया दिइन्। ‘पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने परिपाटी हराउँदै गएको भन्दै आफुलाई टिजर रिलिज देखि नै सिनेमा हेर्ने इच्छा रहेको र प्रिमियरमा निम्तो मिलेसँगै सिनेमा हेर्न हल पुगेको त्यसमाथी सिनेमा पनि सुन्दर बनेको पाएपछि खुशीका साथ सिनेमा हेर्न अनुरोध गरेकी छु,’ उनले भनिन्।

चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाईरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए। उनले भने, ‘पछिल्लो समय नेपालमा भाईरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी निर्देशक निगम श्रेष्ठले सुन्दर सिनेमा निर्माण गर्नु भएको रहेछ। खुशी लाग्यो सिनेमा हेरिरहँदा सिनेमाको पर्दामा केही नयाँ देख्न पाएँ। जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ। सवैलाई एक पटक हलमा पुगेर सिनेमा हेर्न सिफारिस गर्छु।’

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ सिनेमाले प्रिमियर शोमा उपस्थित पाहुनाबाट मिलेको प्रतिक्रियाले खुसी देखिए। ‘हामीले यो सिनेमाको लागि निकै मेहनत गरेका थियौं। आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ। खुशी लाग्छ। अब दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ। हेरौं के कस्तो हुन्छ। दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी छौं,’ उनीहरुले भने।

यस फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ। 
निगम श्रेष्ठ निर्देशित फिल्मका अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन्। सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad