कला


माघे संक्रान्तिको अवसरमा एकसाथ ३ नेपाली फिल्म प्रदर्शनमा

माघे संक्रान्तिको अवसरमा एकसाथ ३ नेपाली फिल्म प्रदर्शनमा

नेपालखबर
माघ १, २०८२ बिहिबार १३:२०, काठमाडौँ

माघे संक्रान्तिको अवसरमा हलमा एकसाथ ३ नेपाली फिल्म प्रदर्शन भएका छन्। बिहीबारदेखि ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ हलमा लागेका हुन्।  

बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको ‘गोबर गणेश’ ले आम नागरिकको काठमाडौँ सपनाको कथा भन्ने प्रयास गरेको छ। १४० मिनेट रनटाइम रहेको फिल्मले देशभर ११२ शो पाएको छ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुति रहेको फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी लगायतको अभिनय छ ।

त्यसैगरि, यम शेर्पाको निर्देशनमा बनेको ‘मिरमिरे’ ले बाबुछोरीसहित त्रिकोणात्मक सम्बन्धको कथा भन्छ। यस फिल्ममा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। यस फिल्मले पहिलो दिनका लागि १३० शो पाएको छ।  यमकै कथा रहेको फिल्ममा माओत्से गुरूङ,  भोलाराज सापकोटा, छुल्ठिम गुरूङ, शाइसा गौचनलगायत कलाकारहरूको पनि अभिनय छ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘भाइरल गोर्खे’ पनि हलमा लागेको छ। निगम श्रेष्ठको निर्देशनमा बनेको कमेडी जनराको बनेको फिल्मले सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्छ। फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल, मिस पवीलगायत कलाकारहरूको पनि अभिनय छ। यस फिल्मले हलहरुमा पहिलो दिन १०७ शो पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad