कला


सेन्सर बोर्डले हटायो सातौं नम्बरको बुँदा, अब फिल्मलाई काँटछाँटको सट्टा सिधै ग्रेडिङ गरिने

सेन्सर बोर्डले हटायो सातौं नम्बरको बुँदा, अब फिल्मलाई काँटछाँटको सट्टा सिधै ग्रेडिङ गरिने

लक्ष्मी बलायर
माघ १, २०८२ बिहिबार १४:३५, काठमाडौँ

चलचित्रकर्मीहरुकाे चर्को विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले संसोधनसहित ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ। सातौं नम्बरमा बुँदा हटाएर पुरानो कार्यविधीलाई खारेज गरिएको सेन्सर बोर्ड सदस्य कुवेर गिरीले जानकारी दिए।

त्यसैगरि, नयाँ कार्यविधीमा फिल्मलाई काँटछाँट गर्नु नपर्ने भएको छ। फिल्मलाई हेरेर काँटछाँट नगरेर प्रमाणपत्रको ग्रेटिङ गरिने बुँदा नम्बर ५ मा उल्लेख छ।  

‘सातौं नम्बरको बुँदालाई हटाएर हामीले नयाँ कार्यविधी ल्याएका छौं। मैले सुरुदेखिनै फिलमको काँटछाँट भन्दा पनि बर्गिकरणमा जोड दिदै आएको थिए। योपटकको कार्यविधीमा अब फिल्मलाई काँटछाँट नगरि सिधैं ग्रेडिङ गरिने व्यवस्था गरिएको छ,’ गिरीले भने।

‘समितिले चलचित्रको विषयवस्तु, संम्वाद, दृश्य तथा बालबालिका एवम् किशोर किशोरीको मनोस्वस्थ्यलाई चलचित्रमा प्रयोग भएको हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मुलभाव (थिम) समेतलाई मध्यनजर गरी चलचित्र हेर्ने दर्शकको उमेर समूह लक्षित वर्गिकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहायबमोजिमको लोगो अङ्कित प्रमाणपत्र दिनु पर्नेछ,’नयाँ कार्यविधीको पाँचौं नम्बरमा उल्लेख छ। जसअनुसार (यु) युनिभर्सल, प्यारेन्टल गाइडेन्स (पीजी) ,एडल्ट (ए)र एस सटिफिकेट तोकिएको छ।  

यसअघि गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको कार्यविधीको कार्यविधिको सातौँ बुँदामा महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियम उल्लेख थियो। जुन कार्यविधीप्रति चलचित्रकर्मीहरु असन्तुष्ट भएका थिए। फेस्टिभलमा प्रदर्शन हुने फिल्ममा पनि सेन्सर गरेर बोर्डले रचनात्मकता मार्ने काम गरेको उनीहरुको आरोप थियो।

त्यसपछि बोर्डले पुस ३० गतेबाट लागु हुनेगरि नयाँ कार्यविधी ल्याएको हो। बोर्डको साइटमा भने भोलि सूचना आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad