अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन्। आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए।
अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ। अभिनेता श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो।
माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ। फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।
आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन्। आकाशले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरे। जुना फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन्।
फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ। फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरुको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ।
Shares

प्रतिक्रिया