चर्चित भारतीय गायक अरिजित सिंहले पार्श्व गायनबाट सन्यास लिने घोषणा गरेका छन्। उनले मंगलबार फेसबुकमार्फत आफूले अब ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने घोषणा गरेका हुन्।
नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद। म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन। यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक सुन्दर अनुभव रह्यो।’
अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा फ्यानहरुले अचम्मित हुँदै भावुक प्रतिक्रिया दिइरहेका छन्। धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।
अरिजितले पछिल्लोपटक सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए।
भारतमा अरिजित सिंह फिल्म उद्योगका सफल र चर्चित गायक हुन्। संगीतकार समेत रहेका उनका नेपालमा पनि निकै फ्यान छन्।
अरिजितले गाएका तुम हि हो, ओ माही, अगर तुम साथ हो,सजनी,केशरिया, मस्त मगन, मुस्कुराने की वजह तुम हो लगायत गीतहरू चर्चित छन्।
Shares

प्रतिक्रिया