कला


१६ माघमा देशभर रिलिज हुँदै ‘द ब्लू लाइट’: के भन्छन् कलाकार?

१६ माघमा देशभर रिलिज हुँदै ‘द ब्लू लाइट’: के भन्छन् कलाकार?

नेपालखबर
माघ १४, २०८२ बुधबार १२:५६, काठमाडौँ

मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ। यस फिल्ममा बलियो स्टारकास्ट रहेको छ। फिल्ममा  बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका छ।

बेनिशा ‘द ब्लू लाइट’ लाई लिएर निकै उत्साहित छिन्। बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन्।

‘अहिले हामीले हेरिरहेका चलचित्र भन्दा केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ।’

चलचित्रको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन्। साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन्।

यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस चलचित्रमा भने 'नेगेटिभ' भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म '११:५५' मा काम गरेकी थिइन्, तर 'द ब्लू लाइट' को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन्।

‘यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ। मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्लू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ’,उनले भनिन्।

‘एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनु भन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ,’ श्रृष्टिले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो।’

कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । अपर्ण ‘द ब्लू लाइट’ जस्ता चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताउँछन् ।

चलचित्रका केही सिन र त्यसको प्रस्तुतिको उनले तारिफ गरेका हुन् । अर्पण भर्सटाइल अभिनेता हुनुका साथै आफैँ निर्देशक र लेखक पनि हुन्। गम्भीर अभिनयका लागि चिनिएका उनले चलचित्रमा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई 'ह्यान्डसम' देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।

अर्पण भन्छन्, ‘कतिपय अवस्थामा हामी अभिनेताले मात्र पात्र बनाएको जस्तो ठान्छौँ, तर वास्तवमा एउटा चरित्र निर्माण हुनका लागि लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको उत्तिकै भूमिका हुन्छ। 'द ब्लू लाइट' मा हामीले एउटा यस्तो पात्रलाई प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ।’

अर्पणले आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो भोक मेटाएको समेत बताए।

यस फिल्ममा बेनिशा, श्रृष्टि र अर्पण, आयुशमानसहित महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको यस फिल्ममा बलिराम चौहानको डेब्यु निर्देशन रहेको छ। ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन्। रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad