चर्चित गायक दुर्गेश थापाको प्रोफेसनल लाइफ जति ओपन छ, व्यक्तिगत त्यति नै सिक्रेट। जसकारण उनको पर्सनल जीवनका कतिपय कुरा ढिला मात्रै थाहा हुन्छ।
यसपटक पनि यस्तै भएको छ।
दुर्गेश पाँच/छ महिनाअघि नै दोस्रो सन्तानको बुवा बनेका थिए। तर यो कुरा उनले हिजो (बुधबार) मात्रै खुलासा गरे।
उनले छोराको अन्नप्राशन अर्थात् पास्नीको तस्बिर राख्दै आफू दोस्रोपटक अभिभावक बनेको जानकारी दिएका हुन्।
सार्वजनिक तस्बिरमा दुर्गेश दुवै छोराका साथमा देखिएका छन्।
‘आज मेरो जीवनको अर्को सुन्दर अध्याय सार्वजनिक गर्दै छु। मेरो दोस्रो छोरा नाम मात्र होइन, मेरो पहिचानको निरन्तरता,’ उनले लेखेका छन्।
व्यक्तिगत जीवनका कुरा सार्वजनिक गर्ने दुर्गेशको आफ्नै तरिका छ।
यसअघि पनि उनले एकैचोटि सन्तान प्राप्तिको खबर सुनाएका थिए। जुन सुनेर फ्यान छक्क परेका थिए।
चर्को टिकाटिप्पणी हुन थालेपछि उनले एक वर्ष अघिनै आफूले सुटुक्क बिहे गरेको स्पष्टीकरण दिएका थिए।
दुर्गेश पछिल्लो समयका व्यस्त गायक हुन्।
‘दुस्मन हेरेको हेर्यै’ बोलको गीत निकै चलेपछि उनी निकै चर्चामा छन्।
देशविदेशमा कार्यक्रममा उनको निकै माग हुने गर्छ।
Shares

प्रतिक्रिया