कला


‘जिरो डिग्री’मा जोडिइन् अभिनेत्री सनिशा भट्टराई

‘जिरो डिग्री’मा जोडिइन् अभिनेत्री सनिशा भट्टराई

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:१२, काठमाडौँ

छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराईको प्रवेश भएको छ। निर्माण पक्षले फिल्मको मुख्य  भूमिकाका लागि अनुबन्धित गरेको हो। 

हालै मात्र 'अरे हो नेता जी' बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ। यस फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा रहेका छन्। 

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'जिरो डिग्री' डार्क कमेडी जनरामा आधारित चलचित्र हो। मौलिक कथावस्तु रहेको फिल्मले सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न 'डीप फ्रिज' बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा चलचित्र केन्द्रित रहनेछ।

फिल्मका निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसालले चलचित्रमा अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad