कला


प्रकाश र शान्तिश्रीको स्वरमा ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक

प्रकाश र शान्तिश्रीको स्वरमा ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक

नेपालखबर
चैत १५, २०८२ आइतबार १५:४२, काठमाडौँ

आगामी वैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक भएको छ। 

शनिबार सार्वजनिक गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।  गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। दुवैले यस फिल्ममार्फत पहिलोपटक स्क्रिन सेयर गरेका हुन्। 

गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले म्युजिक एरेन्ज गरेका छन्। 

निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा प्रचारप्रसारलाई व्यापक बनाएको छ। यसअघि यो फिल्मको टिजर र फिल्ममा समावेश गीत पहिलो गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज गरिएको थियो। जुन गीत र टिजरलाई दर्शकले अत्यधिक मन पराए।

लोकलयमा आधारित गीतको भिडिओमा गाउँमा भएको घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई गीतको पर्दामा देखिन्छन्।  यस फिल्मको गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। 

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना र प्रकाशसहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ। 

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा सुशील पोखरेल रहेका छन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाको छ। उनी पुराना फिल्म लेखक तथा कलाकारसमेत हुन्।  

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले गर्दै छ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। 

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’को नाममा ४५ वर्षअघि प्रताप सुब्बाको निर्देशनमा पनि फिल्म बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad