बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन्। सोनम र उनका श्रीमान आनन्द आहूजा दोस्रोपटक पुनः आमाबुवा बनेका हुन्।
सोनमले आइतबार दोस्रो सन्तानको रुपमा पनि छोरालाई जन्म दिएकी हुन् ।
सोनम र आनन्दले इन्स्टाग्राममार्फत पोस्ट गर्दै दोस्रो सन्तान जन्मिएको जानकारी दिएका छन्।
‘अत्यन्त कृतज्ञता र मायाले भरिएका हृदयसहित हामी मार्च २९, २०२६ मा हाम्रो छोराको आगमन भएको घोषणा गर्न पाउँदा निकै खुशी छौँ। हाम्रो परिवार अझै ठूलो भएको छ, र उसको आगमनले हाम्रो मन अत्यन्त खुशीले भरिएको छ,’पोस्टमा लेखिएको छ।
सोनम र आनन्दको बिहे सन् २०१८ मा भएको थियो। यसअघि सन् २०२२ मा सोनम र आनन्दको पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो।
Shares

प्रतिक्रिया