कला


‘धुरन्धर-२’ ले भारतमा कमायो १ हजार करोड, कति पुग्यो विश्वभरिको कमाइ?

‘धुरन्धर-२’ ले भारतमा कमायो १ हजार करोड, कति पुग्यो विश्वभरिको कमाइ?

नेपालखबर
चैत १८, २०८२ बुधबार १३:११, काठमाडौँ

रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर-२’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। प्रदर्शनको १२ औँ दिनसम्म फिल्मको विश्वभरको व्यापार १५ सय करोड भारतीय रुपैयाँ पुगेको छ।

घरेलु बक्सअफिसमा पनि ‘धुरन्धर-२’ को कुल कमाइ एक हजार करोड ७७ लाख भारु पुगेको छ। यस्तो सफलता पाउने यो पहिलो हिन्दी फिल्म बन्ने सम्भावना देखिएको छ।

त्यस्तै, नेट कलेक्सनमा भने ९०० करोड भारुको आँकडा पार गरेको छ।

रिलिज भएको मात्र ११ दिनमा भारतभित्रै एक हजार करोड ग्रस कलेक्सन गर्ने यो फिल्म ‘पुष्पा २: द रुल’ र ‘बाहुबली-२’ जस्ता ऐतिहासिक फिल्मको क्लबमा सामेल भएको छ।

‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।

गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १ हजार ३०७ करोड भारु कमाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad