कला


रोस्टिङ शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल

रोस्टिङ शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १२:४८, काठमाडौँ

कमेडियन सुन्दर खनालले छुट्टै हास्य शो ल्याउने भएका छन्। उनले टिजर सार्वजनिक गर्दै शोको घोषणा गरेका हुन्। खनालको शोको नाम ‘कमेडी बाज’ रहेको छ।

टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ। कमेडी बाज रोस्टिङ शो हुनेछ। विभिन्न क्षेत्रका पाहुनालाई बोलाएर कमेडी प्रस्तुत गरिने जनाएको छ। टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई सार्वजनिक गरिएको छ।

‘शोको मूल अवधारणा ब्याटल फर्म्याटमा आधारित छ। अहिलेका लागि यत्ति भनौँ बाँकी पूरा एपिसोडमा हामीले अवश्य देखाउने नै छौँ,’  सुन्दरले भने। 

उनका अनुसार शो ईमेल टेलिभिजन र सुन्दर खनाल युट्युवमार्फत सार्वजनिक गरिनेछ। शोमा अन्य कमेडियनहरू पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतको अभिनय रहेको छ। 

यहि वैशाखको दोस्रो सातादेखि प्रसारण हुने जनाइएको छ। कमेडी बाजमा देखिएका अधिकांश कमेडियनहरू कमेडी दरबारमा आबद्ध छन्। यसबारे भने उनीहरूले दुवै शोमा देखिने प्रष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad