खेल


कोहलपुर माइल असार अन्तिम साता

कोहलपुर माइल असार अन्तिम साता

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १२:१९, काठमाडौँ

वन ग्लोबल माइलअन्तर्गत आगामी असार अन्तिम साता कोहलपुर माइल हुने भएको छ।

हरेक वर्ष ११ जुलाईमा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने अभियान हो। यस अभियान अन्तर्गत नेपालमा असार २७ गते कोहलपुर माइल हुन लागेको जनाइएको छ। 

एक माइल, एक दिन, एक विश्व नारासहित यस वर्ष दर्जनभन्दा बढी देशमा एकै पटक एक माइल (१.६०९ किलोमिटर) दौड हुन लागेको छ। यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए। डेढ किलोमिटरको रोड रेस भएकाले सबै उमेर समूहलाई सहभागितामा सहज हुनेछ।

रेस नेपालको आयोजनामा हुने यस दौडको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ। अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुने क्रममा वन ग्लोबल माइल बनेको हो। 

वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले आधिकारिक प्रवर्द्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवं रन बंग्लाका सीईओ जोन बोका र  एम्सदूत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए। 

वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आवद्धता अपरिहार्य रहेको एम्सदूत टीएस ठकुरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad