आज शुक्रबारबाट फिल्म ‘परालको आगो’को प्रदर्शनमा आएको छ। फिल्मले देशभरका हलहरुबाट डेढ सयभन्दा बढि शो पाएको छ।
शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन्।
फिल्मका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्।
युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको रनटाइम १३५ मिनेट लामो रहेको छ। यो फिल्म गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ मा आधारित छ।
फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन्। यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
Shares

प्रतिक्रिया