कलाकार तथा निर्देशक नीर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को प्रदर्शन मिति तोकिएको छ।
आगामी साउन २२ गतेबाट प्रदर्शनमा ल्याउने तय गरिएको हो। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायतको मुख्य भूमिका रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्।लाइन प्रोड्युसर पुष्कर लामा छन्।
फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका छन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
Shares

प्रतिक्रिया