कला


प्रकाश सपुतले तयार पारे ‘लालीबजार’ को गीत, ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक

प्रकाश सपुतले तयार पारे ‘लालीबजार’ को गीत, ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १४:२९, काठमाडौँ

आगामी वैशाख १८ गते रिलिज हुने फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक गरिएको छ।

गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ। कोरसमा भने रन्जिता विश्वकर्मा, बिन्दु बीसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर सुन्न सकिन्छ।

यो गीत प्रकाश  सपुतका शब्द र संगीतमा तयार भएको हो। गीतको भिडिओमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन्। गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन्।

गीतको केन्द्रमा स्वस्तिमा खड्का छिन्। गीतमा नारी सुन्दरताको बयान गरिएको छ। गीतलाई टिकटक, फेसबुक रील्स, युट्युब शट्समा प्रयोग गर्न थालिएको छ। गीतको फुल भर्सन भने फिल्मसँगै आगामी वैशाख १८ देखि थियटरमा हेर्न पाइनेछ।

गत वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकले रुचाएका छन्। फिल्म आमा-छोरीको कथामा आधारित छ भने बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथालाई ट्रेलरमा देखाइएको छ।

छोरी रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्म ‘लालीबजार’ को ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्ममा स्वस्तिमा आमाको भूमिकामा छिन्।

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्। यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन्।

फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन्। दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन्।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दै छन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad