नारीप्रधान फिल्म ‘टिका: स्टेटलेस सोल’ को प्रदर्शन मिति तय गरिएको छ। निर्माण कम्पनिले तीजको अवसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण रहेको फिनल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै निर्मल शर्मा लगायतको अभिनय रहनेछ। फिल्मको छायांकन वैशाख तेस्रो साता सुरु हुनेछ।
शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्रको यतिबेला वर्कसप सकिएसँगै स्क्रिप्टलाई अन्तिम रूप दिँदै लोकेशन लक गर्नेक्रम चलिरहेको छ।
गत वर्ष रिलिज चलचित्र 'जेरी अन टप' पछि भविष्य र बिटी कान्छाको यो दोस्रो सहकार्य हो। यो चलचित्रमा संगीत कालिप्रसाद बाँस्कोटाको रहनेछ ।
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष,आत्मसम्मान,अस्तित्व र आत्मनिर्भरताको कथा 'टिका'ले बोल्ने निर्माण टिमको भनाइ छ। तेजविक्रम केसी चलचित्रमा कार्यकारी निर्माता छन् ।
Shares

प्रतिक्रिया