कला


‘कमेडी नाइट विथ च्याम्पियन्स’ को दोस्रो सिजन सुरु

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को दोस्रो सिजन सुरु

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १२:२६, काठमाडौँ

कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु भएको छ। निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औँ भागलाई च्याप्टर-२ को रूपमा निरन्तरता दिँदै दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जनाएको छ।

दर्शकको अत्यधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शोलाई कुनै ‘ब्रेक’ विना निरन्तरता दिइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले जानकारी दिए। उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको हो।

‘हामीले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याएका छौँ। ५४औँ एपिसोडलाई नै हामीले च्याप्टर-२ भनेर घोषणा गरेका हौँ’ निर्देशक भण्डारीले भने, ‘दर्शककै मागअनुसार निरन्तर मनोरञ्जन दिने उद्देश्यले दोस्रो सिजन प्रसारणलाई निरन्तरता दिएका हौँ।’ 

च्याप्टर-२ को पहिलो एपिसोडमा फिल्म ‘मालती मंगले’को निर्माण टिम तथा कलाकारहरू विशेष अतिथि बनेका थिए। यो फिल्म वैशाख २५ गते प्रदर्शनमा आउनेछ। 

कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, सिनेमा निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थित रहेको थियो।

शोमा पुरानै कमेडियन पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति दिएका थिए। गत मंगलबार प्रसारण भएको शोलाई दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ।

शोमा ‘मालती मंगले’को टिम अतिथिको रूपमा आउँदा पवन भट्टराईले अभिनेता विजय बरालकै अगाडि ‘कबड्डी’ का बीकेको पात्र बनेर प्रस्तुति दिएका थिए, जसमा विजय स्वयम निकै हाँसेका थिए।

साथै अन्य शोमा सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौडेलले पनि प्रस्तुति दिनेछन्। यसपटक कलाकार टिमबाट सन्तोष थापा बाहिरिएका छन्। थापाको स्थानमा अब कर्मा लामा नियमित रूपमा प्रस्तुति दिने भएका छन्।

यसअघि उनी सानो साइड रोलमा मात्र देखिन्थे। सुदन–सुशीला र चक्रे–मिलन जस्ता पात्रमार्फत चर्चा कमाएपछि विशालले कर्मा लामालाई नियमित परफर्मरका रूपमा सम्झौता गरेका हुन्।

शोको स्क्रिप्ट लेखनमा पनि कर्मासँगै निश्चल अर्याल र प्रतीक अधिकारी छन्। कार्यक्रममा सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ। पुरानो सेटलाई नयाँ रंगरोगन र फूलले सजाएर अझ आकर्षक बनाइएको छ।

थ्री प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको शोको अध्यक्ष दीपाश्री निरौला हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad