विनयराज पौडेलको निर्देशनमा बन्ने फिल्म ‘अक्षरा’ को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।
मुहूर्त सटमा क्यामेरा दिनेश महरा,रोल शंकर महर्जन, एक्सनकटमा मधुसूदन भट्टराई रहेका थिए भने क्ल्यापिङमा लव प्याकुरेलले दिएका थिए भने नरिवल दीपक दंगालले फुटाएका छन्।
यस फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सिर्जना अधिकारीको अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्।
परिक्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक विनयराज पौडेल हुन् भने गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी हुन्। कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ।
पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्।
दर्जनौ फिल्ममा सहायक निर्देशकको भुमिका निर्वाह गर्दै आएका विनयले यस फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।
Shares

प्रतिक्रिया