करुना राईको स्वरमा ‘ज्यू ज्यू सोल्टी’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो।
हरि सापकोटाको शब्द रहेको गीतमा करुणासहित राजकुमार बगर सुन्न सकिन्छ। गीतमा शंकर बराइलीले संगीत दिएका छन्।
गीतको भिडिओमा नायक राजेश हमाल र करुना राईको अभिनय रहेको छ। पूर्वेली भाकामा तयार भएको गीतको भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। भिडिओको कोरियोग्राफी पनि उनी आफैले गरेका छन्।
रामकृष्ण चौलागाइको छायांकन रहेको भिडिओमा विकास दाहालको सम्पादन छ।
गीत सार्वजनिक कार्यक्रममा गायिका करुना राइको जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो। राजेश हमालको साथमा विशेष अतिथिको रुपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिए।
गायिका करुनाले राजेश हमालसँग पाँचौ पटक भिडियोमा सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको सुनाइन्।
Shares

प्रतिक्रिया