कला


अक्षयकुमारले गरे आँखाको शल्यक्रिया

अक्षयकुमारले गरे आँखाको शल्यक्रिया

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १३:१८, काठमाडौँ

बलिउडका अभिनेता अक्षयकुमारको आँखाको शल्यक्रिया गरिएको छ। केहीदिनअघि अक्षयको आँखाको अप्रेशन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जसको लागि उनले अभिनय र फिल्म निर्माणबाट छोटो ब्रेक लिएका थिए। मे ६ को बिहान अक्षय कुमारको सानो शल्यक्रिया गरिएको थियो। जुन दृष्टि सुधार प्रक्रिया थियो।

अक्षयले अब विश्राम लिनेछन् र आफ्नो स्वास्थ्यलाभमा ध्यान केन्द्रित गर्नेछन्। किनकि उनले अनीस बज्मीसँगको आफ्नो अर्को फिल्म केरलमको छायांकन तालिका पूरा गरिसकेका छन्। जसमा विद्या बालन र राशी खन्नासँगै देखिनेछन्।

अक्षय कुमार बलिउडमा वर्षमा सबैभन्दा धेरै फिल्महरू खेल्नेमा परिचित छन्। हाल, अभिनेता हरर कमेडी फिल्म ‘भूत बंगला’ बाट चर्चामा छन्, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ।

यस वर्ष, उनका दुई फिल्महरु ‘वेलकम टु द जंगल’ र ‘हैवान’ रिलिज हुने तालिका छ। अर्को वर्ष सन् २०२७ मा तीन चलचित्रहरू पनि रिलिज हुने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad