संघीय संसद्का दुवै सदनका सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरिएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्न लागि बिहीबारबाट बायोमेट्रिक संकलन सुरु गरिएको हो। संघीय संसदका विषयगत समितिबाट बायोमेट्रिक संकलन गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सदस्यको बायोमेट्रिक विवरण संकलन गरिएको छ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिका सांसदको विवरण संकलनको काम भइरहेको पनि संघीय संसद सचिवालयले जनाएको छ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूको विवरण संकलन गरिने भएको छ।

त्यस्तै वैशाख २८ गते सोमवार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदको विवरण संकलन गरिने पनि संघीय संसद सचिवालयले जनाएको छ।


Shares

प्रतिक्रिया