विराज भट्टको फिल्म ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरू जोडिने क्रम जारी छ। फिल्मको छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ।
लामो समयदेखि अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ। उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए।
‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई विशेष रूपमा हेरिएको छ। त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता विराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन्। पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ। एक्सन, ड्रामा र पारिवारिक यस फिल्मको यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ।
यस फिल्ममा विराजसहित समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही र वर्षा इटनी लगायतको अभिनय रहनेछ। पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ ।
Shares

प्रतिक्रिया