कला


‘मन बिनाको धन २’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

‘मन बिनाको धन २’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

नेपालखबर
बैशाख २८, २०८३ सोमबार ११:५३, काठमाडौँ

गतबर्षको हिट फिल्म ‘मन बिनाको धन’ को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा ४ करोड ग्रस कलेक्शन गर्न सफल यो फिल्मको सिक्वेल ‘मन बिनाको धन २’ निर्माणको घोषणा गरिएको हो।

टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुन लागेको हो। यस फिल्मलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। 

टंककै कथा र संगीत रहेको फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ। अहिले, शिवम् फिल्मको स्क्रिप्ट लेखिरहेका छन्।

यसैबिच, फिल्मको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा अनुवन्धित भएकी छिन्। पूजा र टंकबिच आइतबार फिल्मका लागि कागजी संझौता भएको छ।

फिल्ममा अरु को कलाकार रहने हुन् भन्ने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन। भदौबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ। यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन्।

अभिनेत्री शर्माले पनि यो फिल्ममा जोडिन पाउँदा आफू खुशी भएको बताइन्। पूजाले भनिन्, ‘फिल्मको कथावस्तु निकै पारिवारिक छ। मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ।’

७ वर्षअघि सार्वजनिक भएको  ‘मन बिनाको धन’ टंकको निकै चर्चित गीत हो। जुन बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो। जुन गीतको नामबाट गतवर्ष फिल्म बनाइएको थियो। जसमा अशोकनै मुख्य भूमिकामा देखिएका थिए। 

सिक्वेलमा भने उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad