कला


दयाहाङ, सौगात र टेरिया अभिनीत ‘मितज्यू’को ट्रेलर सार्वजनिक

दयाहाङ, सौगात र टेरिया अभिनीत ‘मितज्यू’को ट्रेलर सार्वजनिक

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १९:४२, काठमाडौँ

फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र टेरिया मगरलाई देख्न सकिन्छ। 

ट्रेलरमा दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएको देख्न सकिन्छ। उनीहरू गाडी चालक हुन्। एकअर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्‍याउने भन्नेमा छ। सोही क्रममा मितेरी साइलो लगाएका दया र सौगातबीचको मित्रता चित्रण गरिएको छ। 

उनीहरूले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन्। एकअर्काबीचको झगडा र मितको नाममा कलंकसम्मको कथा पर्दामा देख्न सकिन्छ।

कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो। सोही कुरालाई समेत गहिरो रुपमा अध्ययन गरि निर्माण गरिएको यो फिल्मको कथावस्तु बनाइएको छ। 

जनक घर्ती मगर निर्माता रहेको फिल्मले ग्रामीण परिवेशमा आधारित छ। यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ।

यसै फिल्ममार्फत टेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad