चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको व्यापारको विवरण सार्वजनिक गरेको छ। शनिबारसम्मको सार्वजनिक विवरणअनुसार ‘परालको आगो’ को कमाइ ४ करोड नाघेको छ।
वैशाख ११ गतेबाट रिलिज भएको लक्ष्मण सुनार निर्देशित फिल्मले देशब्यापी चार करोड २५ हजार ४६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जुन पछिल्लो शनिबार अर्थात २६ गतेसम्मको कमाइ हो। यस अवधिभर फिल्मलाई एक लाख ४३ हजार ७२४ दर्शकले हेरेका छन्।
सुशील पोखरेल निर्माता रहेको फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ।
त्यसैगरि, विराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’ ले तीन करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ ग्रस कमाएको छ। चैत ३० गतेबाट प्रदर्शनरत यस फिल्मलाई एक लाख २१ हजार ४०५ दर्शकले हेरेका छन्।
एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको छ। फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतको अभिनय छ।
Shares

प्रतिक्रिया