कला


कैलाश खेरको स्वरमा ‘आई एम जीत बहादुर’ को टाइटल गीत सार्वजनिक

कैलाश खेरको स्वरमा ‘आई एम जीत बहादुर’ को टाइटल गीत सार्वजनिक

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १८:२९, काठमाडौँ

अभिनेता जितु नेपालको डेब्यु लगानी रहेको फिल्म ‘आई एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको टाइटल गीतमा कैलाश खेरको स्वर रहेको छ।

बलिउडका चर्चित गायक कैलाश खेरले नेपाली सिनेमा ‘आई एम जीत बहादुर’मा गाएको गीतले धेरै दर्शक श्रोताको मन जित्ने आशामा निर्माण टिम रहेको छ। सार्वजनिक गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र संगीत बव एसएनको रहेको छ।

भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, बाल कलाकार साहरा शर्मालगायत कलाकारको अभिनय रहेको छ। कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह-निर्माताको रूपमा जोडिएका छन्।

भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। यो फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। 

सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad