आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले फिल्मको कथावस्तुबारे चित्रण गरेको छ।
ट्रेलरले पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई समेटेको छ। यसमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन्।
विवाह पश्चात उनीहरूको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। ट्रेलर हेर्दा कजिनीप्रतिको काजीको प्रेम अथाह छ। श्रीमतीलाई खुशी बनाउन श्रीमान जे पनि गर्न तयार भएको कुरा ट्रेलरमा देख्न सकिन्छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन्। प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन रहेको छ।
सिनेमाको यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यू र वारि बर, पारी पीपलु बोलको गीतले दर्शक मन जितसकेका छन्।
Shares

प्रतिक्रिया