कला


कान्समा छनोट भएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक

कान्समा छनोट भएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १२:५९, काठमाडौँ

फिल्म ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले फिल्मको विषयवस्तु र कथा प्रस्ट पार्ने प्रयास गरेको छ।

जंगली हात्तीको आतंक, हराएको सन्तान, प्रहरीको साहारा माग्ने पुगेका पीडित गाउँलेको कथा ट्रेलरमा छ। सन्तान खोज्न आमाले गरेको प्रयास र त्यसमा आउने कठिनाइ वरिपरि ट्रेलर घुमेको छ। 

अविनाश विक्रम शाहको लेखन र निर्देशन रहेको यो फिल्म प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधातर्फ छनोट भएको छ। ‘एलिफेन्ट्स इन द फग’मा जंगली हात्तीहरूको आतंकबाट आक्रान्त हुने बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने एउटा परिवारको कथा प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ।

यस फिल्मको मुख्य भूमिकामा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन्। गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायतको पनि फिल्ममा अभिनय  छ।

जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्रजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताको रुपमा छन्।

चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, अभिनेत्री केकी अधिकारि, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्ने  र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन्।

यसअघि शाहको सर्ट फिल्म ‘लोरी’ पनि कान्समा छनोट भइसकेको छ। जसले कान्सको ७५औँ संस्करणमा स्पेशल मेस्सन जित्दै इतिहास रचेको थियो। अविनाश ‘कालो पोथी’ र ‘शाम्बाला’ तथा लिमिटेड सिरीज ‘सिंहदरबार’का पटकथाकार पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad