कला


‘आईईसी डिजाइनर रनवे’मा १८ जना नेपाली सेलिब्रिटी प्रस्तुत हुने

‘आईईसी डिजाइनर रनवे’मा १८ जना नेपाली सेलिब्रिटी प्रस्तुत हुने

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १६:४०, काठमाडौँ

नेपाली फेशन जगतको कार्यक्रम ‘आईईसी डिजाइनर रनवे’को १५औँ संस्करणमा यसपटक १८ जना चर्चित कलाकार तथा सेलिब्रिटीहरू एउटै मञ्चमा देखिने भएका छन्। आईईसी कलेज अफ आर्ट एण्ड फेसनको आयोजनामा हुन लागेको यो फेसन शो आउँदो शुक्रबार काठमाडौंको होटल याक एण्ड यती मा आयोजना हुँदैछ।

यस वर्षको रनवेमा स्वस्तिमा खड्का, आँचल शर्मा,शिल्पा मास्के, कविता नेपाली, अस्मी श्रेष्ठ, नीति शाह, हिमाञ्चल केसी, सृच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदिती अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे प्रस्तुत हुनेछन्। 

यस फेसन शोमा आईईसी कलेजमा अध्ययनरत ६६ जना डिजाइनरहरूले तयार पारेका पहिरनहरू प्रदर्शन गरिनेछ। कूल १७ वटा सिक्वेन्समा विभाजन गरिएको यस कार्यक्रममा आधुनिक, परम्परागत र फ्युजन डिजाइनहरूको सम्मिश्रण रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई थप स्तरीय बनाउन भारतीय कोरियोग्राफर यतिन गान्धीले कोरियोग्राफी गर्दैछन्। नेक्स्ट मोडल नेपालको व्यवस्थापनमा हुने यस शोमा १८ सेलिब्रेटीका साथै ३० जना व्यावसायिक मोडलहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad