बुधबमर ‘एक मुठ्ठी बादल’ को प्रिमियर शो गरिएको थियो। जहाँ यस फिल्मकी अभिनेत्री आँचल शर्माको इन्ट्री धमाकेदार रह्यो।
महिला नौमति बाजा समुहको नौमति बाजामा आँचल शर्माको बेहुली बनेर देखा परिन्। डिजाइनर मनिस राई द्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर बेहुली सरह प्रिमियरमा प्रवेश गरेकी थिइन्।
सहारा शर्माद्वारा निर्देशित यस चलचित्रको प्रिमियरमा पनि चलचित्रमा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखेको देखिन्थ्यो।
आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम छ। उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरेको कारण दर्शकबाट प्रशंसा पाएको थियो। निर्माताअभिमन्यू दिक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै अतिथिहरूलाई स्वागत गरेका थिए।

दर्शकहरूले चलचित्रको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको खुलेर प्रशंसा गरे। साँझको कार्यक्रम कलाकार तथा निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया सत्रसँगै सम्पन्न भएको थियो, जहाँ चलचित्र निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाहरूको महत्त्वबारे छलफल केन्द्रित रहेको थियो।
भोलि शुक्रबारदेखि रिलिज हुने यस फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ।
Shares

प्रतिक्रिया