आज दुई वटा नेपाली फिल्म हलमा लागेका छन्। सुरक्षा पन्त अभिनीत ‘लाइफ ड्यामेज’ र आँचल शर्माको फिल्म ‘एक मुठ्ठी बादल’ एकसाथ रिलिज भएका हुन्।
ड्रामा जनरामा बनेको ‘एक मुठ्ठी बादल’ सहारा शर्माको डेब्यु निर्देशनमा बनेको हो। यस फिल्मले विवाद नजिकिँदै गर्दा एक युवतीमा आउने अन्तरद्वन्द्वको कथालाई केन्द्रमा राखेको छ।
फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतको अभिनय रहेको छ। निर्मातामा अभिमन्यू दीक्षित, जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
त्यसैगरि, फिल्म ‘लाइफ ड्यामेज’ फेन्टासी कमेडी जनरामा बनेको छ। कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षासहित निर्देशक निमेषनै मुख्य भूमिकामा छन्। ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायतको अभिनय छ।
फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए।
Shares

प्रतिक्रिया