केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त भएका छन्।
मन्त्रिस्तरीय निर्णयबाट पण्डितलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन जना सदस्य पदमुक्त भएका थिए।
तीमध्ये रिक्त एक पदमा पण्डितलाई नियुक्त गरिएको हो। बाँकी दुई सदस्य नियुक्तिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि चलचित्र निर्देशनमा सक्रिय पण्डितले सेन्सरमा कडाइ गर्न नहुने मत राख्दै आएका थिए। साथै उनले अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधको नेतृत्व पनि गरेका थिए।
105
Shares

प्रतिक्रिया